२५ श्रावण २०७७
धुलिखेल । काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नम्बर ७ गोदामचोक बस्ने एक व्यापारीको १२ वर्षिय छोरालाई कोरोना संक्रमण पुष्टी भएको छ ।
बनेपा नगरपालिकाका स्वास्थ्य संयोजक सत्यस्वर मकै श्रेष्ठका अनुसार सर्लाही घर भई हाल बनेपाको गोदाम चोकमा व्यापार गर्दै आएका व्यापारीको छोरामा कोरोना रिर्पोट पोजिटिभ आएको हो ।
श्रेष्ठका अनुसार बालकलाई उपचारको लागी धुलिखेल अस्पताल ल्याईएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या ४१ पुगेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















