२५ श्रावण २०७७
मकवानपुर । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले हेटौंडा र आसपासको स्थानीय तहका केही वडाहरुमा ‘कर्फ्यू’ जारी गरेको छ । आईतबार एकै दिन २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको हो ।
आईतबार साँझ सम्पन्न कमाण्ड पोष्टको बैठकले हेटौंडा उपमहानगरपालिका सहित मनहरीका केही वडामा निषेआज्ञा जारी गर्ने निर्णय गरेको हो ।
सङ्क्रमितको संख्या बढ्दै गएका कारण साउन २६ (आज) देखि ३२ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।
प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा आइतबार मात्रै प्रहरीसहित २० जनामा तथा मकवानपुरगढी, भीमफेदी र बकैया गाउँपालिकामा एकएक जना गरी तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















