२६ श्रावण २०७७ काठमाडौं । नेपाल खानेपानी संस्थान रूपन्देहीका कार्यालय प्रमुख सन्तोष साह श्रोत नखुलेको रकमसहित धादिङबाट पक्राउ परेका छन् ।
खानेपानी शाखा कार्यालयहरुका विभिन्न व्यक्तिहरुसंग घुस रकम उठाई काठमाडौंतर्फ आउँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिई गएको टोलीले साहलाई धादिङको धुनिवेसीबाट नियन्त्रणमा लिएको हो ।
उनको साथबाट अख्तियारले श्रोत नखुलेको नगद दुई लाख ३३ हजार पाँच सय र बैंकमा जम्मा गरेको बैंक भौचर आठ लाख २२ हजार बराबरको रकम बरामद गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।