२६ श्रावण २०७७
काठमाडौं । जिल्लाको टोखा नगरपालिका–१० स्थित गोंगबुमा फेला परेको शवको पहिचान भएको छ । गणेशस्थानमा सुटकेशमा फेला परेको शवको आज सनाखत भएको हो ।
सुटकेशमा भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए । मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको खुलेको छ ।
आइतबार बिहान ७ बजे गोंगबुका स्थानीयले सडकछेउमा फालिएको सुटकेशबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । अपराध महाशाखा र काठमाडौं प्रहरीले हत्याबारे अनुसन्धान गरिरहेको छ।

Comments

comments