२६ श्रावण २०७७
काभ्रे । जिल्लामा ४ जना प्रहरी सहित ५ जना कोरोना संक्रमित थपिएको छ ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार संघिय प्रहरी इकाई कार्यालय बनेपा जनागालमा कार्यरत वर्ष २५, २८, ३४ को ३ जना प्रहरी, जिल्ला प्रहरी कार्यलय काभ्रेमा कार्यरत वर्ष ३४ को १ जना प्रहरी र भुम्लु गाउँपालिका वडा नं ६ का वर्ष १९ का १ जना रहेका छन् ।
कोरोना संक्रमण पुष्टि भएका प्रहरी कर्मचारीहरु क्वारेन्टाइनमा बस्दै आएका थिए ।
यससँगै काभ्रेमा संक्रमित संख्या ४६ पुगेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।