२६ श्रावण २०७७
भुम्लु । काभ्रे जिल्लाको भुम्लु गाउँपालिका वडा नं. ६ शिल गरिएको छ । यस वडाका एकजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण फैलन नदिन शिल गरिएको वडा अध्यक्ष भरतबहादुर शिवभक्तिले जानकारी दिएका छन् ।
अर्को सूचना जारी नगरुञ्जेल आज राती १२ बजेदेखि यो वडा शिल गरिएको वडा अध्यक्ष शिवभक्तिले बताए ।
यसैबीच वडाले सार्वजनिक सूचना समेत जारी गरेको छ ।
‘प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नं. ६ का एकजना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएकोले र बाँकी समुदायमा समेत संक्रमण फैलन सक्ने प्रवल सम्भावना रहेकोले गाउँपाकिलाको मिति २०७७ साल श्रावण २६ गतेको निर्णय अनुसार सो वडाको साविक कोलाती गाविकासको वडा नं. ७ र ८ को क्षेत्र मिति ०७७ साल श्रावण २६ गते राती १२ः०० बजेदेखि शिल गरिएकोले अर्को सूचना जारी नभएसममको लागि पसल व्यवसायहरु नखोल्न, सवारी साधनहरु नचलाउन, हिंडडुल नगर्न तथा घरबाहिर समेत ननिस्कन सुचित गरिन्छ ।’ सूचनामा उल्लेख छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















