२६ श्रावण २०७७
बनेपा । काभ्रे जिल्लामा नेपाली काँग्रेसका कार्यकर्ताहरुले पार्टी परित्याग गरि सत्तारुढदल नेकपामा प्रवेश गरेका छन् । नेपाली काँग्रेस काभ्रेका ३ जना कार्यकर्ताहरुले पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका हुन् ।
सोमबार नेकपाको जिल्ला पार्टी कार्यालय बानेपामा जिल्ला अध्यक्ष रुकु चौंलागाईं र सचिव टोकबहादुर वाईबाले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए ।

नेपाली काँग्रेस परित्याग गरि नेकपामा प्रवेश गर्नेमा नमोबुद्ध नगरपालिका वडा नं. ५ कानपुरका नेपाली काँग्रेस वडा कमिटिका सह–सचिव केशब प्रसाद मैनाली, वडा कमिटी सदस्यहरु सञ्जय लामा र सुमन कोईराला रहेकाछन् ।
प्रवेश कार्यक्रममा जिल्ला अध्यक्ष चौलागाई, सचिव टोक बहादुर वाईबा, नमोबुद्ध नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बुद्ध सिंह तामाङ, नेकपाका नेता मिण्टु लामा, वडा अध्यक्षद्वय डुप्साङ लामा, बुद्ध सिं लामा, सि.एस. लामा, बाबुराम कोईराला लगायतका सहभागीत रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।