२७ श्रावण २०७७
काभ्रे । जिल्लाकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएके छ । पाँचखाल नगरपालिका घर भएकी ५० बर्षीय ती महिलाको ग्वार्को स्थित किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृतक महिलाको घर पाँचखाल नगरपालिका वडा नम्बर २ अनैकोट भएको बताइएको छ । महिलाको सोमबार विहान ९ बजे मृत्यू भएको हो । उनी निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे अस्पताल पुगेकी थिइन् ।
कोरोनाबाट मृत्यु भएको उनी काभ्रेको पहिलो व्यक्ति हुन् ।
आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला