२७ श्रावण २०७७
काठमाडौंं । टोखा नगरपालिका १० गोंगबुमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्याको कारण खुलेको छ । प्रहरी स्रोतका अनुसार हत्याको कारण यौन रहेको पाइएको छ।
हत्या आरोपमा चितवनबाट पक्राउ परेकी महिला कल्पना शाहीले बोहराले आफूलाई सेक्सुअल ह्यारेसमेन्ट गरेकाले सहन नसकेर हत्या गर्न बाध्य भएको बयान दिएकी छिन् । महिला शाहीको भनाई उदृत गर्दै स्रोतले नेपाल लाइभलाई भन्यो, ‘ममाथि पटक–पटक सेक्सुल ह्यारेसमेन्ट भयो । त्यो मैले सहन नसकेपछि अन्तिममा हत्या गर्न बाध्य भएँ ।’
हम्बरले अण्डकोषमा हानेर हत्या
शाहीले बोहरालाई सुरुमा अण्डकोषमा हम्मरले हानेर हत्या गरेको बताएकी छिन्। किला ठोक्न प्रयोग हुने हम्मरले बोहराको संवेदनशील अंग अण्डकोषमा हानेर हत्या गरेको उनले बताएकी हुन् । शाहीले भनेर अनुसार नै अण्डकोषमा चोट र नीलडामसमेत देखिएको प्रहरीले जनाएको छ ।
हम्मरले हानेर मारिसकेपछि शाहीले खुकुरीले बोहराको घाँटी र खुट्टा काटेको बयान दिएकी छिन् । सुटकेशमा लाश नअट्ने भएपछि घाँटी र खुट्टा काट्नु परेको शाहीले बताएको स्रोतले जानकारी दिएको छ । घाँटी र खुट्टा काटेपछि सुटकेश र जेब्रा झोलामा प्याक गरेर शवको व्वस्थापन गरिएको र त्यसका लागि उनकी १५ वर्षीया छोरीले समेत सहयोग गरेको पाइएको स्रोतले जानकारी दियो ।
हत्यामा प्रयोग भएका सामान बरामद
विभत्स तरिकाले गरिएको हत्यामा प्रयोग भएका विभिन्न सामानहरु प्रहरीले बरामदसमेत गरेको छ। हम्मर प्रहरीले बरामद गरेको छ भने हत्यामा दुई वटा खुकुरीको प्रयोग भएको पाइएको र ती पनि बरामद भएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो ।
‘एउटा खुकुरी घटनास्थल फेला परिसकेको थियो अर्को खुकुरी अभियुक्त पक्राउ परेपछि बरामद भएको छ’ स्रोतले नेपाल लाइभसँग भन्यो ।
त्यसैगरी हत्या गर्ने बेलामा प्रयोग भएको पन्जा पनि प्रहरीले बरामद गरेको छ। पन्जा बिना हत्या गर्दा खुकुरीको बिँडमा फिंगर प्रिन्ट रहने र अभियुक्त पत्ता लाग्ने भएकाले पन्जा लगाएर हत्या गरेको पाइएको छ। हत्यामा प्रयोग भएको पन्जा पनि प्रहरीले बरामद भएको छ ।
महिला बाहेक अरुको संलग्नता छैन, अनुसन्धान अन्तिम चरणमा
एक महिलाले कसरी एक्लै हत्या गर्न र लाश व्यवस्थापन गर्न सम्भव छ? यो प्रश्न निकै पेचिलो बनेको भन्दै प्रहरीले पक्राउ परेका महिलामाथि केरकार गरेको थियो । तर विभिन्न अनुसन्धानले शाहीको मात्रै संलग्नतामा हत्या भएको देखिएको अनुसन्धान अधिकारी बताउँछन् । ‘अहिलेसम्मको अनुसन्धानले हत्यामा उनीबाहेक अरुको संलग्नता देखिएको छैन । पक्राउ परेकी महिलाले पनि आफू एक्लैले हत्या गरेको बताएकी छिन्’ स्रोतले नेपाल लाइभसँग भन्यो ।
हत्या महिला एक्लैले गरेकाले अनुसन्धानको अन्तिम चरणमा पुगिसकेको प्रहरी अधिकारीले बताएका छन् ।
आइतबार बिहान टाउको, खुट्टा र जीउ छुट्ट्याएको अवस्थामा दुई स्थानबाट शवका टुक्रा बरामद भएका थिए। तर उक्त शव कसको भन्ने प्रहरीले छुट्याउन सकेको थिएन। सोमबार दिँउसो भने उक्त शवको सनाखत भएको थियो ।
बोहराको हत्या गरी टाउको र खुट्टा जेब्रा झोलामा हालेर फालिएको थियोे भने शरीर सुटेकशमा प्याक गरेर फालिएको अवस्थामा भेटिएको थियो ।
आइतबार बिहान स्थानीयले झोलामा रगत लतपतिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। भित्री वस्त्रमात्रै लगाएको र गुप्ताङ्गमा समेत निलडाम भएको अवस्थामा शव भेटिएको थियो । -नेपाल लाईभबाट
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।