२७ श्रावण २०७७
काठमाडौं । काठमाडौं जिल्लाको टोखा नगरपालिका वडा नं. १० गोंगबुमा दाङका कृष्णबहादुर बोहराको हत्याका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । हत्याको आरोपीलाई प्रहरीलाई आज सार्वजनिक गरेको हो ।
हत्या आरोपमा पक्राउ पर्नेमा चितवन जिल्लाको कालिका नगरपालिका वडा नं. ७ घर भएका कल्पना मुडभरी (पौडेल) रहेकी छिन् । उनलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । पौडेललाई प्रहरीले कालिका नगरपालिका वडा नं. ९ शक्तिखोरस्थित माइतीबाट पक्राउ गरेको थियो ।
उनले केही टेलिश्रृंखलामा अभिनयसमेत गरेको प्रहरीले जनाएको छ । उनीसँगै पक्राउ परेकी १५ वर्षीया किशोरी भने १० कक्षामा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।
यही साउन २५ गते टोखा नगरपालिका १० नवज्योतिमार्ग गोंगबुमा हत्या गरेर फालिएको अवस्थामा शव बरामद भएको थियो । टाउको, खुट्टा र जीउ छुट्टाएको अवस्थामा दुई स्थानबाट शवका टुक्रा बरामद भएका थिए । उक्त शव दाङका कृष्णबहादुर बोहराको भएको खुलेको थियो ।
प्रहरीले आरोपीबाट बरामद गरेका सामानसमेत सार्वजनिक गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















