२७ श्रावण २०७७
धुलिखेल । काभ्रे जिल्लामा आज थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संघीय प्रहरी कार्यालय, बनेपामा कार्यरत प्रहरी कर्मचारी ३ जना र धुलिखेल नगरपालिका वडा नं. ७ घर भइ हाल काठमाडौँको बानेश्वरमा बस्दै आएका ९२ वर्षका वृद्धमा संक्रमण पुष्टि भएको हो ।
जिल्लामा कोरोना संक्रमित प्रहरी कर्मचारीको संख्या १४ पुगेको छ । यस अघि संघीय प्रहरीका १० जना र जिल्ला प्रहरी काभ्रेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमित वृद्धको आज जन्मिदिन परेकाले सोमबार काठमाडौबाट धुलिखेल आएका थिए । धुलिखेलस्थित आफ्नो घर पुगेसँगै स्वास्थ्यमा समस्या देखिएपछि वृद्धलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको थियो ।
हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ भने २९ जना उपचार पछि घर फर्केका छन् । अन्य संक्रमितको आइसोलेशनमा राखेर उपचार भइरहेको स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।