२८ श्रावण २०७७
पनौती । काभ्रे जिल्लाको पनौती नगरपालिकामा ३० जनाले रक्तदान गरेका छन् । अत्र्रारष्ट्रिय युवा दिवसको अवसरमा पनौती युवा मञ्चले आज आयोजना गरेको रक्तदान कार्यक्रममा उनीहरुले रक्तदान गरेका हुन् ।
कार्यक्रमको उद्घाटन नगर प्रमुख भिम न्यौपानेले गरेको थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख न्यौपानेले युवाहरुको साथमा आफु र पनौती नगरपालिका संधै सँगै रहेको बताए ।
न्यौपानेले युवा मञ्चलाई विशेष धन्यवाद दिँदै नगरपालिकाको साथ सहयोग सदैव हुने र आगामी दिनमा अझ सक्रिय भएर लाग्न समेत युवाहरुलाई अनुरोध गरे ।
कार्यक्रममा संकलन भएको रगत रेड्क्रस सोसाइटीको कार्यालय बनेपामा बुझाउने मञ्चको अध्यक्ष सौगत बस्नेतले बताए । रक्तदान गर्ने व्यक्तिहरुलाई प्रमाणपत्रले सम्मान गर्दै फलफूल वितरण गरेको थियो ।
विगत केही बर्षदेखि सक्रिय रुपमा समाजसेवामा लागिएको मञ्चले समाजमा समस्याहरुमा परेका गरिब तथा असह्यहरुलाई सहयोग गर्दै आएको छ । ‘प्राणघातक जस्ता रोगका रोगीहरु दिन प्रतिदिन बढ्दै गएको अवस्थामा केही व्यक्तिले रगतको अभावमा अकालमै ज्यान गुमाएको बताउँदै अध्यक्ष बस्नेतले रेडक्रसको ब्लड बैंकमा रगतको अभाव हुन नदिई केही सहयोग गरौँ भन्ने उद्देश्यले युवा दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको बताए ।
मञ्चको अध्यक्ष बस्नेतको सभापतित्वमा सम्पन्न भएको रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटिका केन्द्रीय सदस्य कुमार थापा, पनौती प्रहरी इन्चार्ज विष्णु बहादुर सापकोट, कुमार थापा लगायतको उपस्थिति रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















