२८ श्रावण २०७७
नमोबुद्ध । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाकाल अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षारोपण र पार्क सरसफाई गरेको छ । बुधबार नमोबुद्ध–४ पौडेलचौर स्थित स्मृति पार्कमा वृक्षारोपण गरिएको हो ।
कोभिड १९ को प्रकोपलाई मध्येनजर गर्दै स्वास्थ्य सचेतना सहित नगरपालिका अन्तर्गतको नगर युवा परिषदले कार्यक्रम आयोजना गरेको थियो । सरोकार समाज नेपाल, ग्रामीण विकास संस्था, नमोबुद्ध विकास मञ्च र नगर युवा सञ्जालको सहकार्यमा भएको कार्यक्रममा बोधिचित्त, धुपी लगायतका बिरुवा रोपिएको थियो ।
कार्यक्रममा नगरप्रमुख टिपी शर्मा तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईं, नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष अशोक खनाल, शिक्षा शाखा प्रमुख जनार्दन रिजाल लगायतले वृक्षारोपण गरका थिए ।
कार्यक्रममा नगरप्रमुख तिमल्सिनाले युवाहरुलाई स्वरोजगार बनाउन र युवाको हितमा काम गर्न नमोबुद्ध नगरपालिकाले विभिन्न योजनाहरु निर्माण गरेको बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।