२९ श्रावण २०७७
रामेछाप । रामेछाप जिल्लाबाट जारी हुँदै आएको सवारी पास आज (विहिबार)बाट बन्द गरिएको छ । गृह मन्त्रालयले सवारी पास बन्द गर्ने निर्णय गरेसँगै जिल्ला प्रशासन कार्यालय रामेछापले पनि सवारी पास जारी नगर्ने भएको हो ।
जिल्ला प्रशासन कार्यालय रामेछापबाट अत्यावश्यक सवारी साधनको अवस्था हेरेर सवारी पास जारी हुँदै आएको थियो ।आजैदेखि लागू हुने गरी पास वितरण बन्द गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बुधबार पत्राचार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकका अनुसार रामेछापमा दैनिक रुपमा जिल्लाभित्र ३ सय सवारी भित्रने र २ सय भन्दा बढी सवारी साधन बाहिरिने गरेको छ । सवारी पास बन्द गर्ने निर्णयलाई कडाईपूर्वक कार्यान्वयन हुने बताउदै सवारी साधन आवतजावतमा कडाई गरिएको उनले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















