२९ श्रावण २०७७
काठमाडौं । लकडाउन खुल्ला गरेपछि वितरण गर्दै आएको सवारी पास वितरण आजदेखि बन्द भएको छ । बुधबार गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएसँगै बन्द भएको हो ।
मन्त्रिपरिषद्का विभिन्न निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा जारी सवारी पास बन्द गर्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि साउन २९ गतेबाट लागू हुने गरी सवारी पास वितरण नगर्न भनेको थियो ।
कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गर्ने विज्ञप्तिमा उल्लेख छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















