२९ श्रावण २०७७
हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिकाको तीनताप्केमा ट्रक र अटो आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।
प्रहरीका अनुसार हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रक र बस्तिपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको अटो आपसमा ठोक्किएको थियो ।
दुर्घटनामा परी अटोमा सवार दुईजनाको मृत्यु भएको र एकजना गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई हेटौंडाको चुरेहिलमा उपचारको लागि ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।