२९ श्रावण २०७७
धुलिखेल  । काभ्रे जिल्लामा बिहीबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाका अनुसार १ होटल व्यवसायी, १ सर्वसाधारण, १ स्वास्थ्यकर्मी र संघीय प्रहरीमा ६ जना गरि ९ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै जिल्लामा बिहीबारसम्ममा कोरोना संक्रमितको संख्य ६७ जना पुगेको छ । २९ जना विभिन्न आइसोलेसनमा थप उपचारपछि निको भएर घर फर्किसकेको र ३७ जनाको उपचार भइहरेको जिल्ला प्रमुख डा. झाले जानकारी दिए ।
काभ्रेमा कोरोनाबाट एक महिलाको मृत्यु भइसकेको छ । पाँचखाल नगरपालिका १ की एक महिलाको कोरोनाबाट काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको थियो ।
धुलिखेल अस्पतालमा इमरजेन्सी बाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि धुलिखेल अस्पतालमा इमरजेन्सी बाहेकको ओपिडी सेवा सबै बन्द गरिएको छ ।
अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि सबै विभागमा सम्पर्कमा पुगेको हुनाले उनको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई क्वारेन्टिनमा राख्ने तयारी सहित इमरजेन्सी सेवा बाहेक ओपीडि सेवाहरु बन्द गरिएको डा. झाले जानकारी दिए ।

Comments

comments