२९ श्रावण २०७७
धुलिखेल । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. १२ का जनप्रतिनिधिलाई कोरोना संक्रमण भएको नगरपालिकाले पुष्टी गरेको छ । नगरपालिकाले आज जारी गरेको सूचनामा कोरोना संक्रमित जनप्रतिनिधि सो वडाको रहेको जनाएको हो ।
नगरपालिकाले संक्रमित जनप्रतिनिधिसँग एकहप्त भित्रमा सम्पर्कमा रहेका व्यक्तिहरु इमान्दारीता पूर्वक सम्पर्कमा आउन अनुरोध गरेको छ ।
‘हाल देशभर विभिन्न स्थानहरुमा दिन प्रतिदिन कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा यस मण्डनदेउपुर गनरपालिकाको वडा नं. १२ का जनप्रतिनिधि समेतलाई कोरोना संक्रमण भएको जानकारी प्राप्त भएको हुनाले उक्त क्षेत्रलाई सुरक्षित गर्नका लागि वडा नं. १२ का वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुसँग एक हप्ता भित्रमा सम्पर्कमा आएका व्यक्तिहरुले इमान्दारीपूर्वक आफ्नो नाम, थर, ठेगाना तथा सम्पर्कको व्यहोरा यस नगरपालिकाको केश अनुसन्धान कन्ट्याक तथा खोल पड्ताल टिमका सदस्यहरु, सम्बन्धित वडाका वडा सचिव, वडा कार्यालय तथा तपशिलका नगरपालिकाका सम्पर्क व्यक्तिहरुलाई जानकारी गराई प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुको पिसीआर रिपोर्ट नआएसममका लागि घरमै सुरक्षित बसिदिनुहुन सम्बन्धित सबैका लागि यो सूचना गरिएको छ ।’ नगरपालिकाद्वारा जारी सुचनामा उल्लेख छ ।
यसैबीच मण्डनदेउपुर नगरपालिकाको वडा नं. ५ को चापाबोट टोलमा समेत संक्रमण देखिएको जानकारी प्राप्त भएकोले वडा नं. ५ र ६ मा समेत सुरक्षा अपनाई टोल बाहिर नआइदिनुहुन अनुरोध गरेको छ ।

Comments

comments