२९ श्रावण २०७७
धुलिखेल । काभ्रेको धुलिखेलमा रहेको धुलिखेल सामुदायिक अस्पतालले आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरिएको छ । अस्पतालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी दिएको हो ।
अस्पतालमा कार्यरत १ सय २० जना डाक्टर र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु एकान्तबास (क्वारेन्टाइन) मा बस्ने विज्ञप्तिमा जनाइएको छ । धुलिखेल अस्पतालमा उपचार भइरहेको ४ जना विरामी र १ जना उपचारमा संलग्न स्वास्थ्यकर्मी सहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि डाक्टर र उपचारमा संलग्न स्वास्थ्यकर्मी एकान्तबासमा बस्नु परेको हो ।
हाल एकान्तबासम रहेका व्यक्तिहरुको नमुना संकलन गरि परिक्षण भइरहेहकोले सोको जानकारी सहित अस्पताल सेवा सूचारु सम्बन्धि अर्को सूचना श्रावण ३२ गते आइतबार प्रकाशन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

Comments

comments