३० श्रावण २०७७
जुगल । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२ गोल्चे, लिदीको पहिरोमा परि ३८ जना बेपत्ता भएका छन् । आज विहान खसेको पहिरोमा परी ३८ जना बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार पहिरोले ३७ घर ध्वस्त भएको र ९ जना घाइतेको उद्दार गरीएको छ । तामाङ समुदाय भित्रको दोङ थरको मात्र बस्ती रहेको उक्त घट्नामा सबै दोङहरु परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार पहिरोबाट निकालिएका घाइतेलाई हेलिकप्टर मार्फत चौतारा र काठमाडौं पठाइएको छ ।

पहिरोबाट १५ जना बाहिर निस्केकामा उनीहरूलाई सुरक्षित स्थानमा राखिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । चार सय मिटरमाथिबाट आएको पहिरोले बस्ती क्षतविक्षत बनाएको छ । घटनास्थलमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालगायत जिल्ला उच्च अधिकारीहरु पुगेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।