३० श्रावण २०७७
धुलिखेल । काभ्रे जिल्लाको सबै नगरपालिकाहरुमा भेला जस्ता कार्यक्रमहरु नगर्न आग्रह गरेको छ । कोभिड–१९ संक्रमति बढ्दै गएपछि भिडभाडका कारण संक्रमण फैलिन सक्ने भएकोले भेला नगर्न जिल्ला प्रशासन कार्यालय, काभ्रेले एक सूचना जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी श्रावणकुमार तिमिल्सिनाद्वारा जारी सूचनामा कोभिड–१९ को संक्रमण काभ्रे जिल्लामा समेत बढ्दै गइरहेको सन्दर्भमा मानिसहरुको जम्घट, भिडभाड र भेलाबाट उक्त रोगको संक्रमण फैलिन सक्ने भएकोले यो सूचना जारी गरिएको हो । जिल्लाको धुलिखेल, बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका लगायतका बजार क्षेत्रमा अत्यावश्यक बाहेकका कुनै पनि प्रकारका बैठक, समिक्षा, गोष्ठी, सेमिनार, छलफल, भेला जस्ता कार्यहरु नगर्न प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
यो सूचनाको बर्खिलाप हुने गरी कुनै कार्यक्रम गरेमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही हुने सूचनामा उल्लेख छ ।

Comments

comments