३० श्रावण २०७७
रामेछाप । जिल्लाको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडकालाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिकाद्वारा सञ्चालित विकास निर्माणको योजनामा स्थानीय एक उपभोक्ता समितिका व्यक्तिलाई बन्धक बनाएको उजुरीको आधारमा प्रहरीले खडकालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले बन्धक र ठगी गरेको आरोपमा खडकालाई पक्राउ गरिएको जानकारी दिए । उजुरीको आधारमा खडकालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको पाठकले बताए ।
खड्का तत्कालीन एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका हुन् । पार्टी नीति विपरीत काम गरेको भन्दै गत वर्ष नेकपा रामेछाप जिल्ला कमिटीका सदस्य रहेका खड्कालाई प्रदेश कमिटीले निलम्बन गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।