३० श्रावण २०७७
धुलिखेल । काभ्रे जिल्लामा आज फेरि थप ६ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । काभ्रेमा पनि कोरोना संक्रमण दिनानुदिन बढीरहेको छ ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसारआज थपिएका संक्रमितहरुमा ३ जना नमोबुद्ध, बनेपाका २ जना र एक जना पाँचखालका रहेका छन् ।
यो संख्या जिल्लामै कोरोना संक्रमितको संख्या ६८ पुगेको छ भने एकजनाको मृत्यु भएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















