३२ श्रावण २०७७
बौद्ध । सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं. २, लिदीका पहिरो पिडिलाई नेपाल तामाङ घेदुङ, इजरायले आर्थिक सहयोग गरेको छ । व्यक्तिगत र संस्थागत गरी संकलन गरेको १ लाख २५ हजार नौ सय २० रुपैयाँ रकम सहयोग गरेको हो ।
सो रकम आज (आइतबार) नेपाल तामाङ घेदुङ, सिन्धुपाल्चोकका अध्यक्ष रेशम स्याङ्बोलाई हस्तान्तरण गरिएको घेदुङका महासचिव महितकुमार तामाङले बताए ।
कोरोना महामारी र बर्षातले बाटो भत्किएको कारण त्यहाँ पुग्न गाह्रो भएको हुँदा आज नै राहत सामाग्री लिएर हेलिकोप्टरमार्फत जिल्ला अध्यक्ष स्याङ्बो लिदितर्फ जाने क्रममा उहाँलाई रकम हस्तान्तरण गरी पठाएको महासचिव तामाङले बताए । हस्तान्तरण कार्यक्रममा घेदुङको उपाध्यक्ष कुमार घिसिङ र कोषाध्यक्ष रुपबहादुर योन्जनको समेत उपस्थिति रहेको थियो ।
नेपाल तामाङ घेदुङ इजरायलका अध्यक्ष अनिला मोक्तान तामाङले साउन ३० गतेको पहिरोबाट अकालमा ज्यान गुमाएका सबैमा हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेकी छिन् ।
अध्यक्ष मोक्तानले अवका दिनमा यसखालको विपत्ती आउन नदिन नेपाल सरकारले विभिन्न जोखिम क्षेत्रको पहिचान गरी त्यस्तो क्षेत्रमा बसोबास गरिरहेका मानिसलाई यथासिघ्रह सुरक्षित स्थानमा स्थानान्तरण तथा पुनःस्र्थापना गर्न अपिल समेत गरेकी छिन् ।
इजरायल घेदुङको पहलमा संकलन भएको रकममा संस्थागत रु. ५० हजार र ब्यक्तिगत तर्फ अनिला मोक्तान, नानीमाया योन्जन, कमला तामाङ, रोजी मोक्तान, माला योन्जन, फुर्वा लोप्चन, उर्मिला पाख्रिन, थुप्तेन लामा, सुनिता मोक्तान, मञ्जु खड्का, लाक्पा स्याङबो, माया ब्लोन, एलिजा दोङ, माया मोक्तान, पेमा पाख्रिन, सीताकुमारी घिसिङ, पदम पाख्रिन, कल्पना मोक्तान, सुरेन्द्र योन्जन, बिबि लामा, केशरी योन्जन, शंकर गोले, अनिता स्याङतान, चित्रकुमारी योन्जन, पासाङ ल्हमु तामाङ, अनिता तामाङ र निङमा घिसिङले सुहयोग गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















