३२ श्रावण २०७७
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले समुदायमा कोरोना संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकालाई ‘लकडाउन’ गरिएको छ । गाउँपालिका अध्यक्ष डिवि लामाले एक सूचना जारी गर्दै भद्रौ १ गतेदेखि कार्यालयले दिने सबै सेवाहरु, पसल व्यवसायहरु बन्द गर्न अनुरोध गर्दै ‘लकडाउन’ गरिएको हो ।
गाउँपालिकामा कुनै पनि सक्रिय संक्रमणको विरामी नभएता पनि काभ्रे जिल्ला र छिमेकी स्थानीय तहहरुमा समेत यस संक्रमण फैलिदै गइरहेको विषम परिस्थितिमा आईपर्न सक्ने जोखिमहरु प्रति गाउँपालिका संवदेशील रही जिम्मेवार ढंगले अगाडि बढिरहेको सूचनामा उल्लेख छ।
‘यस गाउँपालिकामा समेत उच्च सतर्कता अपनाई समुदायमा कोरोना संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गरी गाउँपालिका भित्रका स्वास्थ्य संस्था बाहेकका गाउँपालिका र मातहतका कार्यालयबाट प्रदान हुने अत्यावश्यक सेवा बाहेकका सेवाहरु २०७७ भाद्र १ गते सोमबारदेखि अर्को सूचना जारी नभएसम्मको लागि बन्द गरिएको व्यहोरा अनुरोध छ ।’ गाउँपालिका अध्यक्ष लामाद्वारा प्रेसित सूचनामा उल्लेख छ ।
गाउँपालिका भित्र के गर्न पाउने, के गर्न नपाउने ?
-
गाउँपालिका क्षेत्र भित्र संचालन भएका दैनिक उपभोग्य सामानका पसल र नेपाल सरकारले अत्यावश्यक भनि तोकेका व्यवसायहरु विहान ७ देखि ९ र बेलुका ४ देखि ६ बजेसम्म मात्र संचालन गर्ने र अन्य सम्पूर्ण व्यवसाय २०७७ साउन ३२ गते राती १२ बजेदेखि बन्द गर्ने ।
-
आवतजावत कार्य गर्दा नेपाल सरकारबाट जारी भएका सम्पूर्ण स्वास्थ्य सम्बन्धि सुरक्षाका मापदण्ड अप्नाई आवतजावत गर्ने ।
-
गाउँपालिका क्षेत्र भित्र कुनै पनि प्रकारको सभा, सम्मेलन, गोष्ठी, बैठक, सेमिनर, धार्मिक सम्मेलन जस्ता जमघट तथा भिडभाड हुने कार्यक्रम बन्द गर्ने ।
-
अत्यावश्यक बाहेक आफ्नो घर बाहिर ननिस्किनुहुन र बाहिर निस्कनु पर्दा अनिवार्य रुपमा मास्क प्रयोग गर्ने तथा सामाजिक दूरी कायम गर्ने ।
-
कुनै किसिमका हल्लाको पछि नलाग्न र भ्रमपूर्ण समाचार सम्प्रेष नगर्न नगराउन हुन ।
-
उद्योग, कलकारखाना लगायतका व्यवसाय सञ्चालन गर्ने व्यबसायीहरुले हाल उद्योग व्यबसाय सञ्चालन गर्न तथा निजी तथा सार्वजनिक निर्माणको काममा लगाईएका श्रमिक लगायतका जनशक्तिलाई अनिवार्य रुपमा जनस्वास्थ्य तथा सुरक्षाको मापदण्ड अबलम्बन गर्न लगाई उद्योग’कलकारखाना सार्वजनिक तथा नीजि निर्माणको परिसर भित्रै सुरीषत रुपमा खाने बस्ने व्यवस्था गर्ने । हाललाई अन्यत्र स्थानबाट कामदारहरु नल्याउने ।
-
कोभिड–१९ को संक्रमणको कारण भविष्यमा आउने जोखिम व्यवस्थापन गर्न सम्बन्धित उद्योग व्यवसायले आफ्नो क्षेत्रभित्र आवश्यक क्वारेन्टिन तथा आईसोलेसन लगायतका पूर्वाधारको प्रवन्ध गर्ने ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















