३२ श्रावण २०७७
काभ्रे । जिल्लाको रोशी गाउँपालिका वडा नं. ८, ग्वाङखोलाका महेश लामा एक महिनादेखि बेपत्ता भएका छन् । लामा गत असार २३ गतेदेखि भक्तपुरबाट बेपत्ता भएका हुन् ।
लामाको खोजी कार्य गर्न प्रहरीमा समेत खबर गरेको श्रीमती इश्वरी तामाङले बताएकी छिन् । २ वर्षको नावालक छोरा र श्रीमती छोडेर भक्तपुरमा रहेको डेराबाट बाहिर जान्छु भनी हिंडेका लामा आजसम्म पनि घर नफर्केपछि आफन्त इष्टमित्रहरुलाई समेत उनको खोजीकार्य गरेर सहयोग गर्न अनुरोध गरेकी हुन् ।
‘प्रहरीमा मैले जानकारी गराई सकेको छु । निवेदन समेत हालेको छु । प्रहरीबाट पनि कुनै खबर पाएको छैन ।’ श्रीमति इश्वरी तामाङले भनिन्, ‘मैले आफन्त र इष्टमित्रकोमा सबैतिर खोजें, तर कहिंकतै भेटिएन ।’
खाना र कोठाभाडा तिर्न समेत समस्या परिरहेको उनले तेमाल अनलाईनलाई बताइन् ।
बेपत्ता भएका लामालाई भेट्नुहुनेले श्रीमती इश्वरी तामाङको सम्पर्क नम्बर ९८१८३४८९४२ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















