३२ श्रावण २०७७
धुलिखेल । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा आजबाट क्वारेन्टाइनमा बसेका छन् ।
कोरोना संक्रमितहरुसँग निरन्तर सम्पर्कमा रहेकाले क्वारेन्टाइनमा बसेको डा. झाले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्ः ‘कोरोना संक्रमितसँग विगत दुई दिनदेखि निरन्तर सम्पर्कमा रहेको हुनाले आजबाट एकान्तबासमा छु । कार्यालयको काम मोबाईल, इन्टरनेटको माध्यमबाट गर्छु । अति आवश्यक भएमात्रै मोबाईलमा सम्पर्क गरौं ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















