१ भदौ २०७७
मकवानपुर । बागमती प्रदेशसभाकी उपसभामुख राधिका तामाङलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोमबार दिउँसो हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालाले यसको पुष्टि गरेको हो ।
आज आएको रिपोर्ट अनुसार उपसभामुख तामाङसहित १६ जनालाई सङ्क्रमण पुष्टि भएको छ ।
मकवानपुरमा कोरोना फैलिँदै गएपछि तीन दिनअघि उपसभामुख तामाङको स्वाब लिइएको थियो । त्यसअघि लिइएको स्वाबबाट पनि रिपोर्ट शंकास्पद आएपछि फेरि परीक्षण गरिएको थियो ।
सङ्क्रमण पुष्टि भएपछि उपसभामुख तामाङ हेटौंडास्थित सरकारी आवासमा सेल्फ आइसोलेशनमा रहेकी छन् । तामाङसँगै उनका छोरामा पनि कोरोना देखिएको छ ।
उनकी स्वकीय सचीव एलिसा थापाका अनुसार तामाङका कुनै स्वास्थ्य समस्या देखिएको छैन । आफूसँग सम्पर्कमा आएका सबैलाई जानकारी गराएको बताउँदै उनले सबैलाई सतर्क रहन आग्रह गरेकी थापाले बताइन् । तामाङमा सामन्य रुघाखोकी देखिए पनि अन्य समस्या नभएको स्वकीय सचिव थापाले बताइन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।