२ भदौ २०७७
धुलिखले । काभ्रे जिल्लामा कोरोना संक्रमित एकजनाको मृत्यु भएको छ । धुलिखेल नगरपालिकाका ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान निधन भएको हो ।
कोरोनाका कारण दोश्रो व्यक्तिको निधन भएको छ । साउन २७ गते कोरोना पुष्टि भएपछि उनलाई धुलिखेल अस्पतालमा राखेर उपचार गरिएको थियो ।
मृतकको बुहारी र छोरामा समेत कोरोना पुष्टि भएपछि दुवै जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
यस अघि पाँचखाल नगरपालिका वडा नम्वर १ घर भएकी ५२ वर्षिया महिलाको कोरोनाकै कारण उपचारका क्रममा साउन २६ गते किस्ट अस्पताल काठमाडौंमा निधन भएको थियो ।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जिल्लामा संक्रमति देखिएका ८० मध्ये २ को निधन भएको, ३४ जना उपचारपछि घर फर्किएको र बाँकीको उपचार भइरहेको झाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।