२ भदौ २०७७
काठमाडौं । पश्चिम नवलपरासीका कांग्रेस उपसभापति सुवासचन्द्र गिरीको कोरोना संक्रमणका कारण निधन भएको छ। पाटन अस्पताल ललितपुरमा उपचाररत ३७ वर्षीय गिरीको मंगलबार बिहान निधन भएको हो।
श्वासप्रश्वासमा समस्या भएपछि उनलाई साउन ३० गते आइसीयुमा भर्ना गरिएको अस्पतालका निर्देशक डा रवि शाक्यले बताए। उनका अनुसार गिरी उच्च रक्तचापका बिरामीसमेत थिए।
कांग्रेस महासमिति सदस्य एवं मध्यविन्दु नगरप्रमुख चन्द्रबहादुर रानाले कोरोना संक्रमणबाट गिरीको निधन भएको खबरले आफू स्तब्ध भएको जनाएका छन्। तत्कालीन फोरम लोकतान्त्रिकबाट आएका गिरीलाई दोस्रो वरियताको उपसभापति बनाइएको थियो।

Comments

comments