२ भदौ २०७७
धुलिखेल । काभ्रे जिल्लामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका ९८ वर्षी बृद्धो परिवारका सदस्य सहित १३ जना संक्रमितहरु थपिएका छन् । सबैजना धुलिखेलका थाप १३ जनामा आज (मंगलबार) कोरोना संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितहरुमा धुलिखेल नगरपालिका वडा नम्बर ७ का ५० र ७० बर्षीय महिला, ७२ र ५४ बर्षीय पुरुष रहेका छन् भने धुलिखेल नगरपालिका वडा नम्बर ६ का ४२ र ३५ बर्षीय महिला रहेका छन् । धुलिखेल नगरपालिका वडा नम्बर ५ का ६८ बर्षीय महिला पनि संक्रमित भएको बताइएको छ ।
त्यसैगरी धुलिखेल अस्पस्ताका ६ जना चिकित्सक तथा कर्मचारी पनि संक्रमित भएका छन् । संक्रमित हुनेमा २८ र ३२ बर्षीय पुरुष र ३२, २६, २१ र २६ बर्षीय महिला रहेका छन् ।
आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला