२ भदौ २०७७
हेटौंडा । वागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री एवं नेकपाका केन्द्रिय सदस्य शालिकराम जमकट्टेलेले पार्टी मित्रको समस्या मन्त्री फेरबदल गरेर समाधान नहुने बताएका छन् । संघीय र प्रदेशका मन्त्रीमण्डल फेरबदल गर्ने चर्चा चलेकै बेला मन्त्री जमकट्टेलले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त धारणा सार्वजनिक गरेका हुन् ।
पार्टी भित्रको अन्तरसंघर्षलाई पदको लागि भएको भनेर स्थापित गराउन खोजेको भन्दै उनले पार्टी विवाद समाधान कार्यदल बनेदेखि मन्त्रीमण्डल सदस्यहरु हेरफेर हुने हल्ला बढी चलाएको बताएका छन् ।
यस हल्लाले पार्टी भित्रको अन्तरसंघर्ष विचार, दृष्टिकोण र विधि भन्दा पनि पदकै लागि भएको भन्ने कुरालाई स्थापित गाराउन खोजिएको मन्त्री जमकट्टेलको अनुमान छ ।
समाजिक सञ्जालमा उनले लेखेका छन्ः
‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको बर्तमान अन्तरसंघर्षलाई पार्टीको बिचार दृष्टिकोण र बिधि पद्दतिको कार्यान्वयनका लागि भन्दा पनि पदको लागि हो भनेर जबरजस्ती स्थापित गराउन कोशिश भईरहेको सन्दर्भ मा पार्टी बिबाद समाधन कार्यदल बनेकै दिनदेखि मन्त्री मण्डलको सदस्यहरूको हेरफेर हुने र कार्यदलको सबै सदस्य मन्त्री हुने भन्ने समाचार लगातार सञ्चार माध्यमहरूमा किन आईरहेका छन ? पार्टी भित्र नेताहरूको बीचमा मन्त्रीहरू हेरफेरको छलफल चलेको पनि हुनसक्दछ । तर पार्टीको आजको समस्या मन्त्रीहरू फेरबदल गरेर समाधान हुँदैन । कतै यो हल्ला कार्यदलका सदस्यहरू लाई मन्त्रीको लोभमा प्रभाबित बनाएर पार्टी भित्रको समस्याको गहिराइमा नपुगोस भनेर गरिएको त होईन ? यो प्रश्न आज चौतर्फी रूपमा पार्टी भित्र र बाहिर उठीरहेको छ । कार्यदलका आदरणीय नेता कमरेडहरू तपाईं हरूले ल्याउने प्रस्तावसँग नेपाली कम्युनिषट आन्दोलन र देशको भबिष्य जोडिएको छ । आज सिङगै पार्टीपक्ति तपाईं हरूले पार्टी भित्रको समस्या समाधानमा कस्तो प्रस्ताब ल्याउनु हुन्छ भन्ने प्रतिक्षामा बसेको छ है ।’

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।