२ भदौ २०७७
काठमाडौं । उपत्यकासहित देशभर कोरोना भाइरसको संक्रमण बढेसँगै भक्तपुर नगरपालिकाले आफ्नो सीमाभित्र छोटो दूरीका सार्वजनिक सवारी चलाउन निषेध गरेको छ।
भक्तपुर नगर क्षेत्रभित्र चल्ने १, ७ र ९ नम्बर रुटका छोटो दूरीका सार्वजनिक यात्रुबाहक सवारी साधन नचलाउने निर्णय गरेको हो।
भक्तपुरमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको र संक्रमण समुदायस्तरमा फैलन सक्ने जोखिम बढेका कारण भक्तपुर नगरभित्र सार्वजनिक सवारी सञ्चालनमा रोक लगाएको हो। भक्तपुरबाट काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका छोटो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भक्तपुर नगरपालिकाले गरेको हो।
नगरभित्रबाट बुधबार ९भदौ ३०देखि भदौ १५ सम्मका लागि बन्द गर्ने निर्णय भएको हो। नगरपालिकाले मंगलबार सरोकारवालासँग छलफल गरेर यस्तो निर्णय गरिएको जनाएको छ। छलफलमा मध्यउपत्यका यातायात सेवा प्रालि, भक्तपुर मिनीबस यातायात प्रालिलगायतको सहभागिता रहेको थियो।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















