३ भदौ २०७७
धुलिखेल । काभ्रे जिल्लामा आज ५ जना कोरोना संक्रमित थपिएको छ । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार संक्रमितहरु बनेपा र धुलिखेल अस्पतालका कर्मचारीहरु रहेका छन् ।
झाका अनुसार धुलिखेल अस्पतालका तीन जना कर्मचारी, बनेपा नगरपालिका वडा नं. ९ की २९ वर्षिय एक महिला र बनेपा नगरपालिका वडा नं. १३ का ३९ वर्ष का एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै काभ्रेमा संक्रमित संख्या १०२ पुगेको छ ।
(यो समाचार सामग्रीको शिर्षकमा काभ्रेमा कारोना संक्रमित संख्या १०२ हुनुपर्नेमा अन्यथा हुन गएकोमा क्षमाप्रार्थी छौं । हामीले शिर्षक सच्याएका छौं । –सम्पादक)
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।