६ भदौ २०७७
तेमाल । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ९, मुक्पाछापकी एक महिला हराएकी छिन् । स्थानीय बाबुलाल दोङकी श्रीमती ३८ वर्षिय मञ्जरी तामाङ हराएकी हुन् ।
श्रीमान बाबुलालका अनुसार विगत एक हप्ता अघि घरबाट निस्केकी मञ्जरी आजैसम्म पनि घर फर्केकी छैन । रामेछाप, सिन्धुली र काभ्रेको विभिन्न ठाउँमा खोजी गरेपनि मञ्जरीको अत्तोपत्तो नभएको उनले बताए । मानसिक रुपमा कम्जोर रहेकी मञ्जरी नभेटेपछि विभिन्न प्रहरी चौकीहरुमा समेत खोजीकार्य गर्नका लागि निवेदन दिएको बाबुलालले तेमाल अनलाइनलाई जानकारी दिए ।
उनले भक्तपुरको जगाती प्रहरी कार्यालयमा भदौ २ गते, जिल्ला प्रहरी कार्यालय, काभ्रेमा भदौ ३ गते, तेमाल गाउँपालिका वडा नं. ३ मा रहेको खहरेघाट प्रहरी चौकी भदौ ३ गते, सिन्धुली दुम्जामा रहेका नेपालथोक प्रहरी चौकीमा भदौ १ गते, सिन्धुलीमा रहेको रातमाटे प्रहरी चौकीमा भदौ २ गते, मंगलटार इलाका प्रहरी कार्यालयमा भदौ २ गते र भकुण्डेवेशी प्रहरी चौकीमा भदौ २ गते नै खोजीकार्यको लागि निवेदन समेत दिएका छन् ।
परिवारबाट सम्भावित ठाउँहरुमा खोजी कार्य जारी राखेता पनि भेट्टाउन गाह्रो भइरहेको उनकी श्रीमान बाबुलालले बताए ।
कुनै पनि महानुभवहरुले भेटेमा नजिकको प्रहरी चौकी र आफ्नो मोबाइल नं. ९८२३२३६६६५, ९८२३००९४७० र ९८१८७७१३५१ मा सम्पर्क गर्न उनले अनुरोध समेत गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।