६ भदौं २०७७
काठमाडौं । कोरोना संक्रमण काठमाडौं उपत्यकामा दिनादिनु बढ्दो क्रममा छ । आज मात्र काठमाडौं उपत्यकामा २ सय ६० जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।
हाल देशभर १२ हजार ६ सय २१ जना सक्रिय संक्रमित रहेका छन् । यीमध्ये ८ हजार ७ सय ५ जना संस्थागत आइसोलेसनमा छन् भने ३ हजार ९ सय १६ जना होम आइसोलेसनमा छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















