६ भदौ २०७७
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल–२ लिदीमा गएको पहिरोमा पुरिएकी सानुकान्छी दोङ र उनकी ४ वर्षकी छोरी करिष्माको शव भेटिएको छ । उनको शव पहिरो गएको ९ दिनपछि शनिबार भेटिएको हो ।
उनकी चार महिनाकी गर्भवती पनि रहेको स्थानीयबासीले बताएका छन् । उनका श्रीमान् र सासू भने घरबाहिर भएकाले बाँच्न सफल भएका छन् । श्रीमान् च्याङ्वा दोङ च्याउ खोज्न गएको र सासू काममा गएकाले पहिरोबाट बँच्न सफल भएका हुन् ।
प्रहरीका अनुसार उनी छोरी बोकेर भाग्दै गर्दा पहिरोले थिचेको हुन सक्ने अनुमान गरिएको छ । पहिरो जानु अघि पहिरोको डरले लिदीका स्थानीयबासी रातको समयमा घर बाहिर बस्ने गरेका थिए ।
गएको साउन ३० गते बिहान गएको पहिरोमा परेर ३९ जना हराएकोमा ३२ जानको शव भेटिएको छ । अझै ७ जना हराइरहेका छन् । पहिरोले १३ घर पूर्ण रुपमा पुरिएका छन् । ३७ घरलाई आंशिक क्षति पुगेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।