६ भदौ २०७७
धुलिखेल । काभ्रे जिल्लामा आजसम्मकै धेरै संक्रमित थपिएको छ । आज एकै दिन दुई वटा अस्पतालमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मी गरि ३५ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
बनेपा नगरपालिका वडा नम्वर १३ मा रहेको स्पाईनल इन्जुरी अस्पताल बनेपामा २३ र धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी १२ जनामा कोरोना संक्रमण देखिएको छ । स्पाईनल इन्जुरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी कर्मचारी, विरामी समेत गरी २३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय। काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।
यस अस्पतालमा ५९ जनाको परिक्षण गरिएकोमा २३ जनामा संक्रमण पुष्टी भएको डा. झाले बताए ।
त्यस्तै धुलिखेल अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएको छ । यस अघि १४ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो ।
जिल्लामा संक्रमण हुनेहरुको संख्या १ सय ३९ पुगेको छ । जस मध्ये ४३ जना निको भएर घर फर्किसकेका छन् ।

Comments

comments