७ भदौ २०७७
ओखलढुंगा । ओखलढुंगा जिल्लाको लिखु गाउँपालिका उपाध्यक्ष शान्ता ढुंगेललाई कोरोना संक्रमण पुष्टी भएको छ । लामो समयदेखि ब्यक्तिगत कामका शिलशिलामा राजधानी काठमाडौं रहेकी ढुंगेललाई संक्रमण पुष्टी भएको उपाध्यक्ष ढुंगेलले बताएकी छिन् ।
आफुलाई समान्य ज्वरोको लक्षण देखिए पछि गत भदौ १ गते स्वाब संकलन गरेर परिक्षणमा पठाएकोमा ३ गते कोरोना पोजेटिभ भएको रिपोर्ट आएको उपाध्यक्ष ढुंगेलको भनाइ छ । अहिले उनी काठमाडौंस्थित आफ्नै घरमा होम आईसोलेसनमा बसीरहेकी छन् ।
आफूजस्तो समान्य मानिसमा कोरोना देखिएको भन्दै अन्य धेरै नेपालीमा समेत परिक्षणको दायरा बढाए कोरोना संक्रमण पोजेटिभ देखिन सक्ने उनको अनुभव छ । समान्य ज्वरो तथा रुघा खोकीका लक्षण देखिएका आम नागरिकहरु परिक्षणको दायरा भन्दा बाहिर रहेकाले कतिले कोरोनाबारे थाहै नपाई रोग निको पारेको समेत उनको बुझाइ छ ।
ओखलढुंगाका जनप्रतिनिधिमा यो नै पहिलो संक्रमण रहको हो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।