७ भदौ २०७७
नमोबुद्ध । कोरोना महामारीका कारण समस्यामा परेका नमोबुद्ध नगरपालिकाका विपन्न परिवारलाई दोस्रो चरणको राहत वितरण गरिएको छ । आज आइतबार दोस्रो चरणमा नगरका ६ वटा वडामा राहत वितरण गरिएको हो ।
यसअघि वडा नंवर १, २, ४, ७ र ११ मा पहिलो चरणमा राहत वितरण गरिएको थियो । आज दोस्रो चरणमा वडा नंवर ३, ५, ६, ८, ९ र १० मा राहत वितरण गरिएको छ ।
यस्तै एकल महिलाहरूलाई पनि आजै राहत वितरण गरिएको छ । सम्बन्धीत वडामै स्वास्थ्य सजगता सहित राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ, वडा अध्यक्षहरू बुद्धसिं तामाङ, कुलप्रसाद न्यौपाने, मेलवहादुर लामा, रामकृष्ण अधिकारी लगायतले सम्बन्धीत वडाबासीलाई राहत वितरण गर्नुभएको थियो ।
एलिभेट नेपालको सहयोग तथा समाजसेवी वाङ्चु राप्तेन लामाको समन्वयमा नगरपालिकाका २ सय २० भन्दा बढी परिवारलाई राहत वितरण गरिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।