८ भदौ २०७७
काठमाडौं । उपत्यकामा आज २२४ जनामा कोरोना संक्रमित थपिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना गरी जम्मा २२४ जना संक्रमित थपिएका छन् ।
यसअघि आइतबार काठमाडौं उपत्यकाम १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंका ४७ महिला र ७९ पुरुष , भक्तपुरका ११ महिला र १७ पुरुष र ललितपुरमा ७ महिला र ५ पुरुष रहको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो । उपत्यकामा एकपछि अर्को गर्दै कोरोना संक्रमण बढ्दै गएको छ ।
हाल उपत्यकाका ३ जिल्लामा निशेधाज्ञा जारी गरिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















