८ भदौ २०७७
बनेपा । काभ्रे जिल्लाको बनेपा नगरपालिकामा स्थापना गरेको आइसोलेशनको लागि श्रमिक साकोसले विभिन्न सामाग्रीहरु सहयोग गरेको छ । साकोसका सञ्चालक राजन अधिकारीले एक कार्यक्रमकाबीच आज नगर उप–प्रमुख रेशा सापकोटालाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
अधिकारीको पहलमा ज्योति लाईफ इन्सोरेन्स, काभ्रे युनाईटेड साकोस, सेवानुङ साकोस, सम्मृद्ध काभ्रे, कृषि सहकारी, बज्रबाराही साकोस, जीवन सुधार कृषि सहकारी, सन्दुस साकोस र श्रमिक जनउत्थान साकोस लगायतका संस्थाको सहयोगमा संकलित खाद्यान्न र स्वास्थ्य सामाग्रीहरु उपप्रमुख सापकोटालाई हस्तान्तरण गरेका थिए ।
हस्तान्तर गरेका सामाग्रीहरुमा चामल १०५० केजी, साबुन १४४ वटा, दाल ७५ केजी, नून १५० केजी, र तेल ५० लिटर रहेको छ ।
सामाग्रीहरुको जिम्मा लिंदै उपप्रमुख सापकोटाले विश्व महामारी रुपमा फैलिएको कोभिड–१९ ले गर्दा बनेपामा संक्रमितको संख्या बढ्दै गएकाले लगातार ७ दिनको प्रयासमा बनेपा नगरपालिकाले ५० बेडको आइसोलेसन तयार गरी सञ्चालनमा ल्याएको बताईन् । महामारीको अवस्थामा यो सहयोगले उर्जा मिलेको उनले भनिन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















