९ भदौ २०७७
धुलिखेल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं ९ मुक्पाछापकी मञ्जरी तामाङ विगत एक हप्तादेखि हराइरहेकोमा फेला परेको छ । भदौ १ गतेदेखि हराएको वर्ष ३८ की तामाङ सोमबार सुनकोशी गाउँपालिका वडा नं. ५ स्थित रामटारमा फेला परेकी हुन् ।
तामाङकी देवर टंकलाल तामाङका अनुसार खोज्ने क्रममा पुर्बतर्फ गईरहेको अबस्थामा फेला परेको थियो । यस अघि काभ्रे, सिन्धुली र रामेछापका विभिन्न प्रहरी कार्यालयहरुमा खोजीकार्यको लागि निवेदन समेत दिएका थिए ।
मानसिक रुपमा समेत केही समस्या भएकी मञ्जरीलाई फेला पारेपछि इलाका प्रहरी कार्यालय, मंगलटारमा निजलाई भेटिएको जानकारी गराइएका थिए ।
मञ्जरीको खोजीमा सम्पूर्ण मुक्पाछापबासी असलमान स्याङतान, कान्छा श्रेष्ठ, पेम्बा स्याङतान, दिलिप तामाङ, राज बीर तामाङ, बाबू काजी श्रेष्ठ, बुद्ध थोकर, चन्द्र माया तामाङ, मनकामना जोशी, सोनम तामाङ र सन्जिब ब्लोन लागेका थिए ।
देवर तामाङले खोजीकार्यमा साथ दिने सबैलाई धन्यवाद समेत दिएका छन् ।

Comments

comments