९ भदौ २०७७
नमोबुद्ध । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाका ३ जना कोरोना भाइरस संक्रमित निको भइ डिस्चार्ज भएका छन् । आज (मंगलबार) नगरपालिकाले निर्माण गरेको जनक क्याम्पसको आईसोलेसनबाट उनीहरु जिस्चार्ज भएका हुन् ।
डिस्चार्ज हुनेहरुमा नमोबुद्ध नगरपालिका वडा नं. का २ जना र वडा नंं. ७ का एक जना रहेका छन् । निको भएर घर फर्कने तिनै जना बिदेशबाट आएका हुन्। हालसम्म नगरपालिका भित्रको संक्रमित संख्या ५ रहेकोमा ३ जना निको भएर घर फर्केका छन् भने बाँकी २ जना उपचारको क्रममा रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
कोरोनासँग जीत हासिल गरेका व्यक्तिहरुलाई नगरपालिकाले सम्मानका साथ आइसोलेशनबाट विदाइ समेत गरेको छ ।
विदाई गर्न नगर प्रमुख टंक प्रसाद शर्मा, प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाई, वडा नं. ४ का वडाध्यक्ष उद्धव प्रसाद काफ्ले, वडा नं. ५ का वडाध्यक्ष बुद्ध सिं तामाङ र वडा नं. ७ का वडाध्यक्ष धर्म सिं लामा, नगर स्वास्थ्य शाखा प्रमुख राजु बोगटी, क्वारेण्टाईनका फोकल पर्सन शोभाकान्त आचार्य, मेथिनकोट अस्पतालका डा. राम शरण श्रेष्ठ लगायत अन्य स्वास्थ्यकर्मीहरुको सहभागीता थियो । उनीहरुलाई खादा तथा टिका लगाई बिदाई गरेको थियो ।
आईसोलेसनमा बस्दै आएका तीनै जनाको सोमबार कोरोना नेगेटिभ देखिएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















