९ भदौ २०७७
धुलिखेल । जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएसपी कुमार विक्रम थापा ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गरिएको छ । डिएसपी थापालाई जिल्ला प्रहरी कार्यालय, काभ्रेले कार्य सम्पादनमा उत्कृष्टता हासिल गरेको भन्दै घोषणा गरिएको हो ।
कार्य सम्पादनको क्रममा धुलिखेल नरपालिका वडा नं. ११, आरुबोट कैदीटोल निवासी वर्ष ५४ को कामीसिं तामाङको हत्यारालाई छोटो समयमै पक्राउ गर्न सफल भएको भन्दै उनलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको जनाइएको छ ।
सो घट्नामा संलग्न धुलिखेल नगरपालिका वडा नं. ११ निवासी वर्ष २३ को उपेन्द्रमान लामा र सोही वडाका वर्ष २१ को सञ्जित मैनालीलाई डिएसपी थापाकै नेतृत्वमा पक्राउ गरेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।