९ भदौ २०७७
भुम्लु । मुलुकमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाको कार्यपालिकावाट दिदै आएको सबै सेवा बन्द गरिएको छ । कोरोना भाइरस संक्रमण रोकथामको लागि भन्दै गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।
गाउँपालिकाको वडा नं ६, ८ र १० का स्थानीय बासिन्दा तथा गाँउपालिकाको कर्मचारी समेतलाई कोरोनाको संक्रमण देखिएकाले र बाँकी समुदायमा समेत संक्रमण फैलने सक्ने प्रवल संम्भावना देखिएकाले सेवा बन्दा गरिएको गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले जानकारी दिएका छन् ।

‘गाउँपालिकाको भदौ ९ गतेको निर्णय अनुसार अर्काे सूचना जारी नभएसम्मको लागि गाउँ कार्यपालिकाको कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको छ ।’ अध्यक्ष कुंवरले भने । ‘अब कन्ट्राक टे«सिङ लगायतको काम स्वास्थ्यका कर्मचारीहरुले सुरु गर्ने तथा अत्यावश्यक काम बाहेक कोही पनि घर बाहिर नस्किन म सबै गाउँबासीलाई अनुरोध गर्दछु ।’
वडा नं ८ को सम्पुर्ण क्षेत्र सिल
भुम्लु गाउँपालिकाको वडा नं ८ को सम्पुर्ण क्षेत्र सिल गरिएको सूचना जारी गरेको छ । गाउँपालिकाको वडा नं ८ मा एक जना कर्मचारीमा कोराना संक्रमण देखिएपछि बाँकी समुदायमा समेत फैलने सक्ने संम्भावना रहेकाले गाउँपालिकाको मिति २०७७ भदौ ९ गते बसेको बैठकको निर्णय अनुसार अर्काे सूचना प्रकाशन नभएसम्म वडा नं ८ को पुरै क्षेत्र सिल गरिएको छ ।
अर्काे सूचना जारी नभएसम्मको लागि यस वडाका पसल व्यवसायहरु नखोल्ने, सवारी साधन नचलाउन, हिडडुल नगर्न अत्यावश्यक काम बाहेक बाहिर नजान अनुरोध गरेको छ । यो समयमा स्वास्थ्यचौकी तथा स्वास्थ्य प्रयोगशालावाट प्रदान गरिने सबै सेवाहरु समेत बन्द भएको सूचनामा उल्लेख छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















