९ भदौ २०७७
काठमाडौं । कोरोना संक्रमणबाट मुलुकभर मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको छ । आज मात्र मृत्यु हुनेको संख्इा ७ थपिएको छ ।
मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । आज मृत्यु भएका मृतकमा काठमाडौंका ३ तथा सिरहा, पर्सा, धनुषा, र रुपन्देहीका १–१ जना गरी ७ जना रहेका छन् । यो सँगै देशभर मृतकको कुल संख्या १६४ पुगेको छ ।
हालसम्म निको हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















