१० भदौ २०७७
काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या ३४ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा। डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ८५ जना नयाँ संक्रमित थपिएका छन्। बुधबार ८ सय ८५ जना संक्रमित थपिएसँगै देशभर कूल संक्रमितको संख्या ३४ हजार ४ सय १८ नाघेको गौतमले बताए। गौतमका अनुसार बुधबार भेटिएका संक्रमितमध्ये २९९ महिला र ५ सय ८६ जना पुरुष रहेका छन्।
गौतमका अनुसार देशभर पछिल्लो २४ घण्टा १३ हजार ५ सय ५३ जनाको परीक्षण गरिएको छ। यस्तै ९ हजार ८ सय ३२ देशभरका क्वारेन्टाइनमा छन्।
यसैगरी ६०२८ जना होम आइसोलेसनमा रहेका गौतमले बताए। यसैगरी प्रदेश २ को सर्लाहीमा १ सय २० संक्रमित थपिएका छन्। देशभरबाट पछिल्लो २४ घण्टामा २ सय ८५ संक्रमित डिस्चार्ज भएका छन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















