१० भदौ २०७७
धुलिखेल । काभ्रे जिल्लामा कोरोना परिक्षण अब दुई ठाउँबाट गरिने भएको छ । कोरोना भाइरस परिक्षणका लागि वागमती प्रदेशको जनस्वास्थ्य प्रयोगशाला धुलिखेलमा स्थापना भएपछि दुई ठाउँमा परिक्षण हुने भएको हो ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार डिसीसिएमसीको आजको बैठकले दुवै प्रयोगशालमा काभ्रेको विभिन्न स्थानीय तह बाँडेरै कोरोना परिक्षण गरिने भएको छ । जिल्लाको धुलिखेल अस्पतालमा मात्र सबै स्वाब परिक्षण भइरहेकोमा काभ्रेपलाञ्चोक जिल्लाको हकमा स्वास्थ्य कार्यालय, काभ्रेले समन्वय गरि दुवै प्रयोगशालामा स्थानीय तह बाँडेरै स्वाब परिक्षण गर्ने व्यवस्था मिलाएको डा. झाले जानकारी दिए ।
कुन स्थानीय तहको कुन प्रयोगशालामा परिक्षण ?
झाका अनुसार धुलिखेल सामदायिक अस्पताल, धुलिखेलमा पनौती नगरपालिका, मण्डनदेउपुर नगरपालिका, भुम्लु गाउँपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिका र बेथानचोक गाउँपालिकाका व्यक्तिहरुको स्वाव संकलन गरि परिक्षण गरिने छ ।
त्यसैगरि जनस्वास्थ्य प्रयोगशालमा, धुलिखेलमा बनेपा नगरपालिका, धुलिखेल नगरपालिका, नमोबुद्ध नगरपालिका, चौंरीदेउराली गाउँपालिका, खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकाका व्यक्तिहरुको परिक्षण गरिने छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















