१० भदौ २०७७
धुलिखेल । काभ्रे जिल्लामा आज ११ जना कोरोना संक्रमित थपिएको छ ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले उक्त कुराको पुष्टि गरेका हुन् । स्रोतका अनुसार ११ जना संक्रमित बनेपा नगरपालिका भित्र बसोबास गर्ने व्यक्तिहरु रहेका छन् ।
यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ७४ पुगेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















